विवाहका पाहुना बोकेको ट्याक्टर दुर्घटना हुँदा भारतमा १३ जनाको मृत्यु, ४० जना घाइते

विवाहका पाहुना बोकेको ट्याक्टर दुर्घटना हुँदा भारतमा १३ जनाको मृत्यु, ४० जना घाइते

एजेन्सी : भारतको मध्य प्रदेशको राजगढमा आइतबार राति भएको ट्याक्टर दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।

तीव्र गतिमा रहेको ट्याक्टर अनियन्त्रित भएर चलाउँदा दुर्घटना भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

ट्रलीमा विवाहका पाहुना थिए, जसमध्ये १३ जनाको मृत्यु भएको छ भने ४० जनाको अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु भएका १३ जना राजस्थानको झालवार जिल्लाका बासिन्दा थिए।

राजगढ जिल्लाको पिपलोदी रोडमा ट्र्याक्टर ट्रली पल्टिँदा यो दुर्घटना भएको हो।

घाइतेहरूको जिल्ला अस्पताल राजगढमा उपचार भइरहेको छ। केहीलाई भोपालमा भर्ना गरिएको छ।

जेठ २१, २०८१ सोमबार ११:४२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।