मासु, आँप र रक्सी खाई सुतेकी पनौतीकी महिलाको मृत्यु

मासु, आँप र रक्सी खाई सुतेकी पनौतीकी महिलाको मृत्यु

काठमाडौं : काभ्रेको पनौती नगरपालिकामा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पनौती नगरपालिका-५ सुब्बागाउँकी ४० वर्षीया निरु श्रेष्ठ रहेकी छन्।

राति खानामा मासु, आँप र रक्सी खाई सुतेकोमा राति तीन श्रेष्ठले आफूलाई धेरै गर्मी भई गाह्रो भएको भनेकी थिइन्।

उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएकोमा बाटोमै मृत्यु भएको प्रहरी चौकी, पनौतीले जनाएको छ।

जेठ २१, २०८१ सोमबार ०९:३३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।