अमेरिकाले भन्यो- ‘हमास सहमत भए इजरायलले युद्धविराम प्रस्ताव स्वीकार गर्छ’

अमेरिकाले भन्यो- ‘हमास सहमत भए इजरायलले युद्धविराम प्रस्ताव स्वीकार गर्छ’

एजेन्सी : अमेरिकाले हमास सहमत भए इजरायलले युद्धविरामको प्रस्ताव स्वीकार गर्ने आशा व्यक्त गरेको छ।

यदि यो सम्झौता भए गाजामा छ हप्ताको लागि युद्धविराम लागू हुनेछ। अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले यसबारे जानकारी दिएका छन्।

गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले यस सम्बन्धमा एउटा योजना प्रस्तुत गरेका थिए।

यस योजना अन्तर्गत युद्धको स्थायी अन्त्य हुनुअघि मानवीय सहायता उपलब्ध गराउनुका साथै बन्धकहरुको आदानप्रदान गरिने पनि बताइएको छ।

इजरायली सरकारका केही नेताहरूले यो प्रस्तावको विरोध गरेका छन्।

गत हप्ता इजरायलले रफाहको शिविरमा आक्रमण गरेको थियो, जसकारण प्यालेस्टिनीहरू आफ्नो घर छोड्न बाध्य थिए।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो हमलालाई दु:खद् घटना भएको बताएका छन्। आक्रमणमा ४५ जनाको मृत्यु भएको थियो।

यो हमलापछि इजरायलले विश्वका धेरै देशको विरोधको सामना गर्नुपरेको थियो।

जेठ २१, २०८१ सोमबार ०९:१५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।