विराटनगरस्थित हिमालयन बैंकको शाखा स्थानान्तरण

विराटनगरस्थित हिमालयन बैंकको शाखा स्थानान्तरण

काठमाडौं : हिमालयन बैंक लिमिटेडले विराटनगरको शाखा स्थानान्तरण गरेको छ।

सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरूमध्ये विराटनगर शाखा–२ लाई स्थानान्तरण गरी रोडशेष चोकबाट सेवा थालिएको बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त शाखालाई अब रोडशेष शाखाको रुपमा नामाकरण गरिनेछ। उक्त शाखाबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी सञ्चालनमा ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बंैकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैंकका अन्य कर्मचारीहरूको उपिस्थतिमा गरेका थिए।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम,  ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७ हजार ००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना  ग्राहकहरूलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

जेठ २१, २०८१ सोमबार ०८:५७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।