श्रीलंकामा बाढी र पहिरो, एकै परिवारका तीनसहित सात जनाको मृत्यु

श्रीलंकामा बाढी र पहिरो, एकै परिवारका तीनसहित सात जनाको मृत्यु

एजेन्सी : श्रीलंकामा बाढी र पहिरोका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ।

देशको विपद् व्यवस्थापन केन्द्रले यसबारे जानकारी दिएको हो।

कोलम्बोबाहिरको सितावाकामा बाढीले घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ।

धेरै क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ भने सोमबार विद्यालय बन्द गर्ने घोषणा गरिएको छ।

नौ जिल्लामा पहिरो जान सक्ने चेतावनी दिइएको छ।

जेठ २१, २०८१ सोमबार ०८:३९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।