फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेशन’ सुविधा

फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेशन’ सुविधा

काठमाडौं : फोनपेले मोबाइल फोनहरूमा ‘भ्वाइस नोटिफिकेशन’ सेवा सुरु गरेको छ।

फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एप मार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन्।

फोनपे बिजनेस एप, एक मोबाइल एप हो जुन विशेष गरी व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न डिजाइन गरिएको हो।

यस नयाँ सुबिधाले फोनपे नेटवर्कमा आबद्ध व्यवसायहरूको  क्यु.आर भुक्तानी प्राप्त गर्ने  अनुभवलाई पुन: परिभाषित गरेको छ। उक्त सविधाले एसएमएस मार्फत भुक्तानी पुष्टिकरणमा भर पर्नु पर्ने आवश्यकतालाई हटाएको छ।

यो सेवालाई उपभोग गर्न फोनपे नेटवर्कका व्यवसायहरूले या त फोनपे बिजनेस एप डाउनलोड गरी वा केवल फोनपे बिजनेस एप को नयाँ भर्जनमा अपडेट गरी ‘नोटिफिकेसन सेटिङ’बाट ‘भ्वाइस नोटिफिकेशन’ सुचारू गर्न सक्नेछन्।

फोनपेका सीईओ दिवस कुमारले मोबाइल फोन केन्द्रित आविष्कारहरूसँग हाम्रा नेटवर्क साझेदार संस्थाहरूले थप सुविधाका साथ आफ्ना व्यापारीहरूलाई अझ सशक्त बनाउँदै क्यूआर कोडमा आधारित भुक्तानी स्वीकृति अनुभवलाई पुन: परिभाषित गर्नसक्ने बताए।

जेठ २१, २०८१ सोमबार ०८:१८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।