टी२० विश्वकप : ओमान १०९ रनमा अलआउट, छ विकेट एलबिडल्बुबाट

टी२० विश्वकप : ओमान १०९ रनमा अलआउट, छ विकेट एलबिडल्बुबाट

काठमाडौं : आईसीसी टी२० विश्वकपको चौथो खेलमा ओमान १९.४ ओभरमा १०९ रनमा अलआउट भएको छ।

नामिबियाको धारिलो बलिङमा ओमानका टपअर्डर ब्याटर टिक्नै सकेनन्। ओपनर कश्यप प्रजापति पहिलो बलमै आउट भए। उनलाई रुबेल ट्रम्पलम्यानले एलबिडब्लु आउट गरे।

त्यसपछि नसीम खुसी र कप्तान आकिब इलियासलाई पनि उनै ट्रम्पलम्यानले आफ्नो बलिङमा फसाए। जीसान मक्सुद र खालिद केलले २७ रनको साझेदारी गरे भने त्यसपछि केल र आयान खानले ३१ रनको साझेदारी गरे।

त्यसक्रममा मक्सुदले २२, केलले ३४ र आयान खानले १५ रन बनाए। त्यसबाहेक सकील अहमदले ११ रन जोड्दा बाँकी खेलाडीले दोहोरो अंकम रन बनाउनै सकेनन्।

नामिबियाका ट्रम्पलम्यानले चार विकेट लिँदा डेभिड विसेले तीन तथा जेसड इरासमस दुई र बर्नाड स्कल्ट्जले एक विकेट लिए।

टी-२० विश्वकपको इतिहासमा पहिलो पटक एउटा इनिङ्समा छ विकेट एलबिडब्लुबाट लिइएको आईसीसीका कमेन्टेटरले बताएका छन्।

नामिबियाले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ। ओमान र नामिबिया समूह बीका दुई सदस्य हुन्।

जेठ २१, २०८१ सोमबार ०७:५८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।