नेपाली वायुसेवा इयुको कालोसूचीमा कायमै
काठमाडौँ : सन् २०१३ देखि युरोपेली युनियन (ईयू) को उडान सुरक्षा चासो (कालोसूची) मा परेको नेपालको नागरिक उड्डयन (हवाई) क्षेत्र सूचीबाट हट्न सकेन।
२०२४ मे ३० मा युरोपेली युनियनले नयाँ सूची अपडेट गर्दा नेपाल कालोसूचीमै कायम छ। सो सूचीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका दर्ता भएर सञ्चालनमा सबै वायुसेवा कम्पनी परेका छन्।
नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरलाइन्स नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली एयरलाइन्सहरू हुन्। कालोसूचीमा परेका वायुसेवा कम्पनीले युरोपेली युनियनभित्रका मुलुकको आकाशमा उडान अनुमति पाउँदैनन्। ईयूले हरेक ६/६ महिनामा यस्तो सूची अपडेट गर्दै आएको छ।
जेठ २०, २०८१ आइतबार २२:२५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।