साउदी जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ

साउदी जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ

काठमाडौँ : विश्वकप फुटबलको छनोटअन्तर्गत युएईविरुद्धको दोस्रो खेलका लागि साउदी अरब जाने नेपाली राष्ट्रिय फुटबल टिमको आइतबार बिदाइ गरियो।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले युएई र यमनसँगको खेलका लागि साउदी जान लागेको फुटबल टोलीको बिदाइ गरेको हो।

यसअघि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले वसन्त जिम्बा, आशिकबाबु चौधरीलगायत रहेको २३ सदस्यीय टोलीको घोषणा गरेका थिए।

नेपालले जेठ २४ गते दशरथ रंगशालामा यूएईको सामना गर्ने तय थियो। तर, एसियन फुटबल महासंघ (एएफसी)ले रंगशाला खेल खेलाउन योग्य नरहेको बताएपछि यो खेल ‘न्युट्रल भेन्यु’ साउदी अरेबियामा सारिएको हो।

युएईसँग खेलेको पाँच दिनपछि नेपालले यमनसँग अर्को खेल खेल्ने छ।

नेपाली टोली :

गोलकिपर : किरण चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेन्डर : अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, विशाल बस्नेत, रोहित चन्द

मिडफिल्डर : भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई

फरवार्ड : जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान, आशिकबाबु चौधरी

जेठ २०, २०८१ आइतबार २१:३२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।