हावाहुरीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर ७० वर्षीय वृद्धको मृत्यु

हावाहुरीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर ७० वर्षीय वृद्धको मृत्यु

काठमाडौं : दाङमा शनिबार राति आएको हावाहुरीले घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसी रहेका छन्। 

उनको परिवारमा तीनजना भएपनि हावाहुरीको समयमा घरमा वृद्ध दम्पती मात्र थिए। 

हावाहुरीसहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर उनको मृत्यु भएको हो।

उनकी श्रीमती भने सकुशल रहेको सम्बन्धित वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए। 

जेठ २०, २०८१ आइतबार ०८:२५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।