ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमका लागि आवेदन खुला
काठमाडौं : ह्वावेद्वारा आयोजित ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमको दर्ता आजबाट खुलेको छ। स्नातक तहका विद्यार्थीहरू सीड्स नेपालको वेबसाइट मार्फत आफ्नो नाम जून ९ सम्म दर्ता गर्न सक्ने जनाइएको छ।
'सिड्स फर द फ्युचर’ नेपालमा लगातार आयोजना गरेको यो ह्वावेको चौथो वर्ष हो। यस बृहत् कार्यक्रममार्फत ह्वावेले नेपालमा आईसीटी पारितन्त्र प्रवर्द्धन डिजिटलाइजेशन, नवप्रवर्तन, उद्यमशीलता, र दिगोपनको सेशनद्वारा गरेको छ।
यो प्रतियोगिताको दुई महिनामा अन्तर्वार्ता, कार्य र प्रस्तुतीकरणका धेरै चरणहरू हुनेछन्।
‘सिड्स फर द फ्युचर नेपाल’ को विजेता चीन गैर तालिम र छेत्रीय प्रतियोगितामा भाग लिने अवसर पाउनेछन्। भ्रमणका क्रममा उनीहरुले उद्योग विशेषज्ञहरु द्वारा प्राविधिक नवाचार बारे अत्याधुनिक सेमिनारमा भाग लिने बताइएको छ।
नेपालका लागि चीनका राजदूत चेन सोङ्गले भने, 'ह्वावे नेपालमा २५ वर्षदेखि राम्रोसँग कनेक्टेड विश्व निर्माण गर्न समर्पित छ। 'सीड्स फर द फ्युचर कार्यक्रम' नेपालमा युवा प्रतिभाको पालनपोषण र नवप्रवर्तनको लागि एउटा ज्वलन्त उदाहरण हो। यो नवप्रवर्तन पहलले ज्ञान विस्तार र क्षमता निर्माणलाई प्रतिबिम्बित गर्दछ, जुन कुनै पनि समाजको उन्नतिको लागि महत्त्वपूर्ण छ।'
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले भने- 'ह्वावेको उपस्थिति व्यापारिक प्रयासहरू मार्फत मात्र नभएर क्याम्पस भर्ना, ज्ञान हस्तान्तरण र विश्वविद्यालयको सहकार्यका साथै सीड्स फर द फ्युचर जस्ता स्थानीय प्रतिभा कार्यक्रमहरूको निरन्तर पहलद्वारा पनि आईसीटी क्षेत्रमा साँच्चिकै रूपान्तरणकारी भएको छ।'
जेठ १९, २०८१ शनिबार १९:११:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।