काठमाडौं महानगरले माग्यो २५८ जना नगर प्रहरी (सूचनासहित)
काठमाडौं : काठमाडौं महानगरपालिकाले करार सेवामा २५८ जना नगर प्रहरी जवानको लागि दरखास्त आह्वान गरेको छ।
महानगरपालिकाले शनिबार एक सूचना प्रकाशित गरी २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी माग गरेको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएकाहरूलाई महानगरपालिकाले दरखास्त दिन आग्रह गरेको छ।
महानगरले ७ दिनभित्र आफ्नो वैकल्पिक दर्ता नम्बर र नागरिकताको प्रमाणपत्रसहित महानगरको प्रशासन विभागमा दरखास्त पेस गर्न समेत आग्रह गरेको छ।
हेर्नुहोस् महानगरको सूचना :
जेठ १९, २०८१ शनिबार १८:३९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।