सिक्किम आइपुग्यो यो वर्षको मनसुन, नेपाल कहिले आइपुग्छ?

सिक्किम आइपुग्यो यो वर्षको मनसुन, नेपाल कहिले आइपुग्छ?

काठमाडौं : यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागले आज सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालको पूर्वी भूभागमा  मनसुन भित्रिन अझै केही दिन लाग्ने छ। पूर्वी भू–भागमा मनसुन आगमन हुन सरदर जुन १३ लाग्ने मानिएको छ।  

यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने जनाएको छ। 

पर्यो पानी, उपत्यकाबासीलाई राहत
आज बिहानैदेखि घाम चर्किएर हपहप गर्मी खेपिरहेका उपत्यकाबासीलाई केहीबेरअघि परेको एकझर पानीले ठूलो राहत मिलेको छ। 

उपत्यकाका सबै जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ।

काठमाडौंसहित रामेछाप, सोलुखुम्बु, म्याग्दी, स्याङ्जा, गुल्मी, प्युठान, सिन्धुपाल्चोक, धादिङ लगायतका स्थानहरूमा दिउँसो हल्कादेखि मध्यम वर्षा भएको विभागको भनाई छ।

जेठ १९, २०८१ शनिबार १७:३१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।