प्रेम सम्बन्धको ५ वर्षपछि मलाइका र अर्जुनको ब्रेकअप

प्रेम सम्बन्धको ५ वर्षपछि मलाइका र अर्जुनको ब्रेकअप

एजेन्सी : बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा पाँच वर्षयता प्रेम सम्बन्धमा थिए। सन् २०१९ मा आधिकारिक रुपमा प्रेम जोडीका रुपमा आफूलाई चिनाएका उनीहरू अब भने अलग्गिएका छन्।

प्रेम सम्बन्धमा रहँदा उनीहरू प्रायः सँगै हुन्थे र सामाजिक सञ्जालमा एकअर्काको तस्वीर राख्न छुटाउदैन थिए। केही समयअघिदेखि उनीहरुको सम्बन्धमा दरार आएको समाचार सार्वजनिक भइरहेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुले अब अलग अलग बाटो लिने निर्णय लिइसकेका छन्। 

‘मलाइका र अर्जुनबीच विशेष सम्बन्ध थियो। उनीहरू एकअर्काको हृदयमा विशेष स्थान बनाएर बसेका थिए। अब भने उनीहरुले अलग्ग्निे निर्णय लिएका छन्। उनीहरुले यसलाई सम्मानजनक अलग भनेका छन्। उनीहरुले कसैलाई पनि आफूहरूको सम्बन्धमा हस्तक्षेप नगर्न आग्रह गरेका छन्’, जोडी निकट स्रोतले भन्यो।

मलाइका र अर्जुनले सन् २०१९ मा ‘इण्डियाज मस्ट वान्टेड’को स्क्रिनिङ पछि आफ्नो सम्बन्धलाई आधिकारिता दिएका थिए। फ्यानहरु उनीहरुको विवाहको प्रतीक्षा गरिरहँदा ब्रेकअपको खबर आएपछि दुःखी बनेका छन्। 

जेठ १९, २०८१ शनिबार १४:२५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।