सुनकोशी नदीको किनारबाट २५ टन प्लाष्टिकजन्य फोहोर संकलन

सुनकोशी नदीको किनारबाट २५ टन प्लाष्टिकजन्य फोहोर संकलन

सिन्धुली : क्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले गोलन्जोर गाउँपालिकासँग मिलेर करिब २५ टन बराबरको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरेका छन्।

शुक्रबार गोलन्जोर गाँउपालिकाको खुर्कोट-७ नदीको किनारबाट प्लाष्टिकजन्य फोहोरमैला संकलनगरी सफा गरिएको हो।

नदी सरसफाई अभियानमा युवा स्वयं सेवक(यूथ कोहर्ट), सशस्त्र प्रहरीबल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा करिब सय भन्दा बढी सहभागिहरुले सरसफाई अभियानमा सहभागी थिए।

सरसफाई अयिभानमा प्रमुख अतिथिको रुपमा सहभागी भएका गोलान्जोर गाउँपालिका अध्यक्ष शंकर बराललले पालिकाले गर्नुपर्ने काम क्रिएशनले गरेर मद्दत गरेकोमा धन्यवाद ज्ञापन गरे।

क्रिएशनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले प्राकृतिक स्रोतको संरक्षणमा व्यक्तिगत जिम्मेवारीको महत्वलाई विशेष जोड दिए। सन्ततिलाई हामीले सफा पहाड र हिमाल छोड्ने कि प्रदूषित भनेर चिन्तन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

परियोजना प्रमुख उज्ज्वल उपाध्यायले प्रमुख १२ वटा नदीहरूमा प्लाष्टिकजन्य फोहोर चुहावट हुने स्थानमा एक साथ सरसफाई अभियान एक साथ सञ्चालन गर्ने बताए।

जेठ १९, २०८१ शनिबार १३:००:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।