एक करोड लगानीमा सहकारीले सञ्चालनमा ल्यायो चार्जिङ्ग स्टेशन

एक करोड लगानीमा सहकारीले सञ्चालनमा ल्यायो चार्जिङ्ग स्टेशन

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका-८ धर्मपथमा रहेको ईन्द्रणी बहुउद्देश्यीय सहकारी संस्थाले ईभी फास्ट चार्जिङ्ग स्टेशन सञ्चालनमा ल्याएको छ।

सहकारीले आफ्नै कार्यालय परिसरभित्र चार्जिङ्ग स्टेशन सञ्चालनमा ल्याएको हो। पछिल्लो समय विद्युतीय सवारी प्रयोगकर्ताको संख्या बढेकाले त्यसैलाई मध्यनजर गर्दै चार्जिङ्ग स्टेशन सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिए।

एक करोडको लगानीमा निर्माण भएको चार्जिङ्ग स्टेशनमा तीन वटा मेसिन जडान गरिएको छ। अध्यक्ष अर्यालका अनुसार ३ मेसिनबाट एक साथ ६ वटा सवारी साधनलाई चार्ज गर्न सकिनेछ।

एउटा गाडी ३० मिनेट देखि १ घण्टामै फुल चार्ज हुनेछ। अनलाइन माध्यमबाट रकम भुक्तानी गरेर सवारी साधन चार्ज गर्ने व्यवस्था मिलाइएको छ।

चार्जिङ स्टेशनमा सिसिएसटू डबल गन्स ६० किलोवाटको १ मेसिन र जिविटी डवल गन्स ६० किलोवाटका २ वटा मेसिन जडान भएका छन्।

२ हजार ४८ सेयर सदस्य रहेको सहकारीले चार्जिङ स्टेशनका अलवा लद्युवित्त लद्युउद्यम कार्यक्रम, पेन्सन योजना कार्यक्रम, दुर्घटना बीमा कार्यक्रम, प्रसुति पोषण कार्यक्रम, विद्यार्थी पुरस्कृत र सम्मान कार्यक्रम एवं मोबाईल बैंकिङ्ग सेवा दिँदै आएको छ।

०५२ चैत १० गते १५१ सदस्यबाट मासिक ४ हजार जम्मा गर्ने गरी स्थापना भएको सहकारीको हाल निक्षेप रकम ४० करोड ७४ लाख छ।

१० लाख ६२ हजार शेयर रकम रहेको सहकारीको क्रृण लगानी ४६ करोड ८१ लख रहेको छ भने संचित नाफा मात्र ७८ लाख ५१ हजार रहेको छ।

जेठ १९, २०८१ शनिबार १२:५२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।