एमाले संसदीय दलको बैठक बस्दै, माधव नेपालको कदम र बजेटबारे छलफल हुने

एमाले संसदीय दलको बैठक बस्दै, माधव नेपालको कदम र बजेटबारे छलफल हुने

काठमाडौं : एमाले संसदीय दलको बैठक आज बस्दैछ।

बैठक दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेश प्रदेश सरकार तथा सरकारले संसदमा पेश गरेको बजेटबारे छलफल हुने जनाइएको छ।

पछिल्लो समय सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षी दलहरूसँग उठबस बढाएपछि केन्द्रीय राजनीतिमा तरङ्ग पैदा भएको छ। 

त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको अगामी आर्थिक वर्षको बजेटमाथि भोलिदेखि छलफल सुरू हुँदैछ।

जेठ १९, २०८१ शनिबार ११:२६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।