रियलमी १२ प्रोप्लस प्रि-बुकिङ्गको लागि उपलब्ध

रियलमी १२ प्रोप्लस प्रि-बुकिङ्गको लागि उपलब्ध

काठमाडौं : स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ फोन रियलमी १२ प्रोप्लस अब दराजमा अग्रिम बुकिङ्गको लागि उपलब्ध भएको छ।

६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन भएको रियलमी १२ प्रोप्लस मा १२० हर्जको रिफ्रेस रेट रहेको छ।

रियलमी १२ प्रोप्लसको हरेक खरिदमा तथा निःशूल्क डेलिभरीसहित निःशूल्क टी १०० इयरबड प्राप्त गर्न सकिनेछ। साथै दराजबाट खरिद गर्ने ग्राहकहरुले रु १,००० को छुट भाउचर पनि प्राप्त गर्नेछन्।

यो बाहेक ग्लोबल आईएमई बैंकबाट अनलाईन भुक्तानी गर्ने ग्राहकहरूले ७५० रुपैयाँको अतिरिक्त छुट पाउने व्यवस्था छ। यो अफर जेष्ठ १९ देखि जेष्ठ २३ सम्म मात्र लागू हुनेछ।

क्वाल्कम स्न्यापड्रागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम ओक्टा सीपीयूमा सञ्चालित रियलमी १२ प्रोप्लस मा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्छ।

यो फोनमा १२ जिबीको र्यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज हुन्छ, जसलाई आवश्यकता अनुसार २४ जिबीसम्म थप्न पनि सकिन्छ।

फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रो प्लसको बहुमुखी क्यामेरा अति उपयोगी हुन्छ।

६४ मेगा पिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्निभिजन ओभि६४बी सेन्सर र ओआईएक्स, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामेरा, ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामेरा र ३२ मेगा पिक्सेलको सोनि आईएमएक्स५ सेल्फी क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रोप्लस मा उपलब्ध छ।

यी अत्याधुनिक क्यामेराहरुले प्रयोगकर्ताहरुलाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरु प्रदान गर्दछ।

१६१.४७ मिलिमिटरको लम्बाई, ७४.०२ मिलिमिटरको चौडाई र ८.७५ मिलिमटरको उचाई रहेको रियलमी १२ प्रोप्लस स्मार्टफोनको तौल करिब १९६ ग्राम रहेको छ।

रियलमी १२ प्रोप्लस को प्याकेजमा ६७ वाटको सुपरभोक चार्जीङ्ग एडप्टर, एउटा टाईप सी यूएसबी केबल, वारेन्टि कार्ड, सेफ्टी गाईड, क्विक गाईड, सिम इन्जेक्टर पिन, सेफ्टी बक्स, स्क्रिन प्रोटेक्टर राखिएको छ।

रियलमी १२ प्रोप्लस १२ जिबी ¥याम प्लस २५६ जिबी स्टोरेजको भेरियन्ट नेपालमा उपलब्ध छ। दराजमा सबमरिन ब्लू र एक्सप्लोरर रेड रङ्गमा उपलब्ध रियलमी १२ प्रोप्लस को मुल्य ५० हजार ९९९ रुपैयाँ राखिएको छ।

जेठ १९, २०८१ शनिबार १०:२७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।