त्रिशुली नदी किनारमा महिला वा पुरुष छुट्याउन नसकिने अवस्थामा शव भेटियो

त्रिशुली नदी किनारमा महिला वा पुरुष छुट्याउन नसकिने अवस्थामा शव भेटियो
फाइल तस्बिर

काठमाडौं : त्रिशुली नदी किनारमा सडिसकेको अवस्थामा शव भेटिएको छ।

शुक्रबार विहान सवा ९ बजे चितवनको इच्छाकामना गाउँपालिका-६, पाँचकिलोमा शव भेटिएको हो।

अन्दाजी ३५/४० वर्षको जस्तो देखिने र महिला वा पुरुष छुट्याउन नसकिने अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितनवले जनाएको छ।

शवलाई मुचुल्कापछि पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ।

जेठ १९, २०८१ शनिबार ०९:५९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।