विश्वकपअघिको अभ्यास खेलमा श्रीलंका र अफगानिस्तान विजयी

विश्वकपअघिको अभ्यास खेलमा श्रीलंका र अफगानिस्तान विजयी

काठमाडौं : आईसीसी टी२० विश्कपअघिको अभ्यास खेलमा श्रीलंकाले आयरल्याण्डलाई र अफगानिस्तानले स्कटल्याण्डलाई क्रमशः ४१ र ५५ रनले पराजित गरेको छ।

लाउडरहिलमा टस हारेर पहिला ब्याटिङमा तानिएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो।

जवाफी लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड १८.२ ओभरमा अलआउट भएर १२२ रनमा समेटियो।

उता पोर्ट अफ स्पेनमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो।

विश्वकपअघिको अन्तिम अभ्यास खेलमा आज बेलुकी सवा ८ बजे भारत र बंगलादेश भिड्दैछन्।

जेठ १९, २०८१ शनिबार ०७:३०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।