कानुन निर्माणमा नागरिकको सुझाव समेट्ने संयन्त्र बनाउने कानुन मन्त्रीको तयारी

कानुन निर्माणमा नागरिकको सुझाव समेट्ने संयन्त्र बनाउने कानुन मन्त्रीको तयारी

काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कानुन संशोधनका लागि नागरिकबाट सुझाव लिने संयन्त्र निर्माण गरिने बताए।

शुक्रवार कानुन मन्त्रालयमा कानुन अध्ययनरत विद्यार्थीहरूसँग छलफल गर्दै उनले जुन कुनै कानुनलाई संशोधन गर्न नागरिकले सुझाव दिन सक्ने गरी सुझाव बैङ्क स्थापनाको तयारी भइरहेको बताए।

आम नागरिक र जानकारबाट आएका सुझावबारे मन्त्री, सचिव, सम्बन्धित विषय विज्ञ लगाएकाहरूसँग छलफल गरेर कानुन निर्माणको प्रक्रियामा समावेश गर्ने बताए।

उनले छलफलमा संसद्मा सांसदहरू बाहेक कानुनबारे बाहिर पनि विषय विज्ञ र अनुभवीहरू रहेको र कानुन निर्माणमा उनीहरूको सुझाव लिने संयन्त्र बनाउन आवश्यक रहेको बताए।

'कस्ता कानुनहरू निर्माण गर्नुपर्छ, कुन कानुनमा संशोधन गर्नुपर्छ भनेर सुझाव लिन सुझाव बैङ्क स्थापना गर्दैछौँ,' उनले भने' सुझाव अनुसार सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई बोलाएर सुझावमा छलफल गरेर कानुन निर्माणको प्रक्रियामा जान सकिन्छ।'

जेठ १८, २०८१ शुक्रबार २३:२२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।