पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँ घट्यो

पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँ घट्यो

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। शनिवारदेखि लागू हुनेगरी निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने घटेको छैन। नयाँ मूल्य निर्धारणपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १ सय ६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ। डिजेल र मट्टितेलको प्रतिलिटर १ सय ५३ रुपैयाँ कायम भएको छ।

आगामी बजेटमा सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर थपेको थियो।

जेठ १८, २०८१ शुक्रबार २२:४५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।