बजेटले दीर्घकालीन परिणाम र प्रतिफल दिँदैन : डा. महत

बजेटले दीर्घकालीन परिणाम र प्रतिफल दिँदैन : डा. महत

काठमाडौँ : पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले सरकाले ल्याएको बजेटले दीर्घकालीन परिणाम र प्रतिफल दिन नसक्ने बताएका छन्।

शुक्रवार काठमाडौँमा आयोजित मुलुकको आर्थिक अवस्था र बजेट समीक्षा कार्यक्रममा उनले आन्तरिक ऋण जुन मात्रामा बढाइएको छ त्यसले वैदेशिक ऋणको प्रस्तावित ऋण पनि कार्यान्वयन गर्न कठिन हुने बताए।

‘अहिले चित्त बुझाउने मात्र होइन नि दीर्घकालीन परिणाम र प्रतिफल नआउने लगानी गर्ने छुट हामीलाई छैन। किनकि हामी ऋण लिएर लगानी गर्दैछौं। ऋणको साँवा ब्याज तिरेर पनि केही थप गर्ने लक्ष्य राख्नुपर्यो। त्यो नराखी ऋणमा निर्भरता गर्ने भनेको अत्यन्तै गलत नीति हो। जुन मात्रामा बढाइएको छ यो ठिक होइन। वैदेशिक ऋणको हकमा प्रस्तावित ऋण पनि कार्यान्वयन क्षमता कठिन छ। यसले गर्दा बजेटले राखेको प्रस्ताव कार्यान्वयन नहुने अवस्था आउँछ’ उनले भने।

उनले ८९ अर्ब आन्तरिक ऋण प्रस्तावित गरेकाले यसले निजी क्षेत्रले प्राप्त गर्ने ऋणमा दबाब पर्ने बताए। सरकारले ऋण लिएर वितरण गर्ने नीति लडाकुलाई भरणपोषण गर्ने र सीमित साधन स्रोतको ठुलो दुरुपयोग गर्ने मनसायले लिएको उनले आरोप लगाए।

जेठ १८, २०८१ शुक्रबार १९:१६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।