सन्दीपले भिसा नपाएकोबारे सञ्चारमन्त्रीले भनिन्' भिसा दिने ,नदिने सम्बन्धित देशको विषय हो'

सन्दीपले भिसा नपाएकोबारे सञ्चारमन्त्रीले भनिन्' भिसा दिने ,नदिने सम्बन्धित देशको विषय हो'

काठमाडौँ : सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले  टी-२० विश्वकपमा सहभागी हुन सन्दीप लामिछानेलाई अमेरिकाले दोस्रो पटक पनि भिसा नदिएकोबारे आवश्यक छलफल भइरहेको बताएकी छिन्।

बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको तर्फबाट सम्पूर्ण कूटनीतिक प्रयास गरेको भए पनि क्रिकेटर लामिछानेलाई भिसा नदिएको बताइन्।

‘टी–२० विश्वकप क्रिकेटमा सहभागिता हुनको निम्ति भिसा प्रक्रियाका लागि सरकारले कूटनीतिक पहल गरेको भए पनि सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन। भिसा दिनु न दिनु उसको देशको कुरा हो। अब भिसा किन दिएन ? के गरेन ? भन्ने विषयमा हामीले उत्तर दिइराख्नु आवश्यक छ भन्ने मलाई लाग्दैन। यो सम्बन्धित देशकै विषय हो।'

उनले यो विषयमा आवश्यक छलफल भइरहेको बताइन्।

बलात्कार अभियोगमा जिल्ला अदालत काठमाडौँबाट दोषी भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएपछि क्रिकेट एसोसिएसन अफ नेपालले उनलाई विश्वकप खेल्ने नेपाली टिममा राखेर अमेरिका पठाउन खोजेको थियो। तर अमेरिकाले भिसा दिन अस्वीकार गर्यो।

कूटनीतिक प्रयासमार्फत बिहीबार पुन दोस्रो पटक भिसाका लागि सन्दीप गए पनि उनले भिसा पाउन सकेनन्। नाबालिग बलात्कारको जाहेरी दर्ता हुँदा नेपाल बाहिर रहेका सन्दीप त्यहाँबाट नेपाल आउने भनेर अमेरिका गएर एक महिना लुकेका थिए। उनलाई अमेरिकाबाट नेपाल ल्याउन इन्टरपोलबाटै रेड कर्नर नोटिस जारी भएको थियो।

नोटिस जारी भएपछि नेपाल आएका उनको बाँकी भिसा अवधि अमेरिकाले खारेज गरेको थियो।

जेठ १८, २०८१ शुक्रबार १६:५७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।