नारायणघाटमा एनसेलको नयाँ एनसेल सेन्टर उद्घाटन

नारायणघाटमा एनसेलको नयाँ एनसेल सेन्टर उद्घाटन

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले नारायणघाट, चितवनमा आफ्नो नयाँ एनसेल सेन्टर खोलेको छ।

ग्राहकहरूलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ लायन्स चोकमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ।

एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रममाझ बिहीबार नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका छन्। यो सेन्टरमार्फत ग्राहकले सबै किसिमका सेवाहरू प्राप्त गर्न सक्छन्।

ग्राहकले एनसेलको सेवा तथा सुविधाबारे सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्ने कम्पनीले जनाएको छ।

यसैगरी ग्राहकले सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, फिजिकल सिमलाई ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गने, बिजप्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिल तिर्न, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्न सक्नेछन्।

आइतबार देखि शुक्रबार हप्ताको ६ दिन यस सेन्टरले ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ। यसअघि एनसेलले पुल्चोक, नारायणघाटमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदानगर्दैै आएको थियो।

ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटा भन्दा बढी एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।

जेठ १८, २०८१ शुक्रबार १२:२६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।