रम-संस्कृतिमा अग्रस्थान खुकुरी : ग्लोबल रम एम्बेसेडर इयान नेपाल आउँदै

रम-संस्कृतिमा अग्रस्थान खुकुरी : ग्लोबल रम एम्बेसेडर इयान नेपाल आउँदै

काठमाडौं : खुकुरी रमले पहिलोपटक ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग सहकार्य गरेको छ।

बेलायती मूलका इयान बरेल, विश्व रम उद्योगमा विशेषज्ञता सहित तीन दशकभन्दा बढी अनुभवका साथ विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रीय सहभागिता जनाउने ट्रेनर हुन्।

आउँदो ३ र ४ जुन २०२४ मा आयोजना हुने कार्यक्रमले ग्लोबल रम एम्बेसडरमार्फत खुकरी रम र यसको विशुद्ध नेपाली स्वाद प्रस्तुत गर्दै विश्वसामु नेपाली उत्पादन र शिल्प प्रवर्द्धन गर्ने आयोजकले जनाएको छ।

कार्यक्रममा उनले आफ्नो मिक्सोलोजी, रम-उत्पादन, रम उद्योगका पछिल्ला प्रवृत्तिहरूमा आफ्नो अनुभवबाट ज्ञानवर्द्धक कुराहरू मास्टरक्लास मार्फत प्रस्तुत गर्नेछन्। साथै प्रशिक्षात्मक कार्यक्रममा सहभागी हुनेहरूले रम टेस्टिङ(चखाई), नेटवर्किङ आदिको अनुभव लिन सक्नेछन्।

यो कार्यक्रम, नेपाली रम पारखी तथा विशेषत: बारटेन्डरहरूलाई अन्तर्राष्ट्रिय उद्योगको बारेमा जानकारी लिने, सीप अभिवृद्धि गर्ने र नेटवर्क बनाउने सही अवसर हो।

खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टिलरिज प्रा.लि.’का महाप्रबन्धक सुभाष लामिछानेले नेपालमा पहिलो पटक ग्लोबल रम एम्बेसेडर इयान बरेलसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

जेठ १८, २०८१ शुक्रबार १२:१९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।