चौतर्फी आलोचनापछि विश्वकप क्रिकेटको नेपाली टिममा एक चिकित्सक समावेश
काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि नेपाली टिममा एक जना चिकित्सक (टिम डक्टर)लाई समावेश गरिएको छ। नेपाली टोली डाक्टरविहीन अवस्थामा अमेरिका पुगेको थियो।
पछिल्लो समय टिम स्क्वाडका विषयमा चौतर्फी आलोचना भएपछि नेपाल क्रिकेट संघ क्यानले अमेरिकामै चिकित्सकको व्यवस्था गरेको हो।
नेपालबाट गएका चिकित्सकले प्रेस्किप्सन लेख्न नमिल्ने भएकाले अमेरिकामै व्यवस्था गरिएको टिम म्यानेजर प्रदीप मजगैयाले जानकारी दिए।
नेपाली टिममा इन्टनरनल मेडिसिनका सिनियर डा. होमनाथ पन्त समावेश गरिएका हुन्। उनी हाल सेन्ट एजनेस हसिप्टल बाल्टीमोरमा कार्यरत रहेका छन्।
जेठ १८, २०८१ शुक्रबार ११:३९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।