१० अर्ब डलरभन्दा बढीको शेयर बिक्री गर्ने साउदी तेल कम्पनी अरामकोको घोषणा

१० अर्ब डलरभन्दा बढीको शेयर बिक्री गर्ने साउदी तेल कम्पनी अरामकोको घोषणा

एजेन्सी : साउदी अरेबियाको तेल कम्पनी अरामकोमा १० अर्ब डलरभन्दा बढीको नयाँ शेयर बिक्री गर्ने घोषणा गरेको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले सेकेन्डरी पब्लिक अफरिङ (एसपीओ)को लागि १५० करोड ४५ लाख शेयर बिक्रीको घोषणा गरेको हो। एउटा शेयरको मूल्य ७ देखि ७.७ अमेरिकी डलरसम्म हुनसक्छ।

अरामकोले साउदी स्टक एक्सचेन्जमा आइतबारदेखि शेयर बिक्री सुरु हुने जनाएको छ। डिसेम्बर २०१९ मा जारी प्रारम्भिक पब्लिक अफरिङ (आईपीओ)पछि कम्पनीको यो दोस्रो सूचीकरण हो।

कम्पनीले आईपीओको समयमा करिब २५.६ बिलियन अमेरिकी डलर उठाएको थियो। यो इतिहासकै सबैभन्दा ठूलो आईपीओ हो।

साउदी अरब विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यात गर्ने देश हो। बिहीबार एसपीओ घोषणा हुनुअघि कम्पनीको करिब ८२ प्रतिशत शेयर सरकारको स्वामित्वमा थियो।

जेठ १८, २०८१ शुक्रबार १०:३४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।