वार्मअप खेलमा वेस्ट इन्डिजद्वारा अस्ट्रेलिया ३५ रनले पराजित
काठमाडौं : आईसीसी टी२० विश्वकपको वार्मअप खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३५ रनले पराजित गरेको छ।
ट्रिनिडाडमा भएको अभ्यास खेलमा टस हारेर पहिला ब्याटिङमा तानिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २५७ रन बनाएको थियो।
उसका लागि निकोलस पुरनले २५ बलमा ७५ रनको विस्फोटक पारी खेले। त्यसका अलावा रोभमन पलले २५ बलमा ५२ रन बनाउँदा जोनसन चार्ल्सले ४० रन जोड्दा सेरफेन रुथरफोर्डले १८ बलमा ४७ रनको नटआउट पारी खेले।
अस्ट्रेलियाका एडम जाम्पाले दुई तथा एस्थन अगर र डिम डेभिडले एक–एक विकेट लिए।
२५८ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित ओभरमा ७ विकेट गुमाएर २२२ रनमा समेटियो।
उसका लागि जोस इन्ग्लिसले ५५ रनको पारी खेले। एस्थन अगर ३८, नाथन इलिस ३९, म्याथ्यू वेड र टिम डेभिड समान २५–२५ रनमा आउट भए।
वेस्ट इन्डिजका गुडाकेश मोटी र अल्जारी जोसेफले समान दुई–दुई विकेट लिए।
जेठ १८, २०८१ शुक्रबार ०८:४५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।