नेपाल र अमेरिकाबीचको अभ्यास खेल वर्षाका कारण रद्द

नेपाल र अमेरिकाबीचको अभ्यास खेल वर्षाका कारण रद्द

काठमाडौं : आईसीसी टी-२० विश्वकप अगाडि नेपालले खेल्ने अन्तिम अभ्यास खेल रद्द भएको छ।

आईसीसीले नेपाल र अमेरिकाबीचको खेल बिहीबार खेलाउने तय गरेको थियो। तर, खराब मौसमका कारण खेल रद्द भएको हो।

डालासको ग्रान्ड प्रिएरीमा टस भने भएको थियो। घरेलु टोली अमेरिकाले टस जितेर ब्याटिङ रोजेको केही समयपछि भारी वर्षा भएपछि खेल रद्द भएको हो।

झन्डै ४५ मिनेटपछि वर्षा रोकिएर पिचको कभर पनि हटाइएको थियो। तर पुन: अम्पायरले खेल रद्द गर्न् निर्णय गरे।

अभ्यास खेलमा यसअघि नेपाल क्यानडासँग पराजित भएको थियो। दोस्रो पटक आईसीसी विश्वकप खेल्दै गरेको नेपालले समूह चरणको पहिलो खेल जुन ४ तारिख यसै मैदानमा नेदरल्याण्डसँग खेल्नेछ।

नेपालले दोस्रो खेल जुन १२ तारिख फ्लोरिडामा श्रीलङ्कासँग खेल्नेछ। त्यसबाहेक नेपालले समूह चरणमा बङ्गलादेश र दक्षिण अफ्रिका सँग वेष्टइन्डिजमा खेल्नेछ।

जेठ १८, २०८१ शुक्रबार ०७:११:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।