देउवालाई माधव नेपाल र महन्थको धोका, मधेस सरकार बनाउन सिकेसँग मिले

देउवालाई माधव नेपाल र महन्थको धोका, मधेस सरकार बनाउन सिकेसँग मिले

जनकपुर : मधेस प्रदेशमा सरकार गठनमा नेपाली कांग्रेसलाई एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले धोका दिएका छन्। बुधवार कांग्रेस सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टीको नेतृत्वलाई निरन्तरता दिन भएको सहमति तोड्दै बिहीबार जनमत पार्टीलाई समर्थन गरेका छन्।

बिहीबार एमाले, जनमत पार्टी,माओवादी केन्द्र, लोसपा,एकीकृत समाजवादीबीच संयुक्त मधेस प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा बनाउने निर्णय भएको हो।

सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको सहमति पत्रमा उल्लेख छ।

सहमति पत्रमा सम्बन्धित दलका प्रदेश संसदीय दलका नेताले हस्ताक्षर गरेका छन्। बुधवार मधेसमा जसपाकै सरकारलाई विश्वासको मत दिलाउन कांग्रेस सभापति देउवाले एकीकृत समाजवादीसहित विपक्षी दलका नेताको बैठक राखेका थिए।

जेठ १७, २०८१ बिहीबार १९:०२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।