खुकुरी रमले ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउने

खुकुरी रमले ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउने

काठमाडौं : रम ब्रान्ड खुकुरीले रम–प्रवर्द्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलोपटक सहकार्य गरेको छ। बेलायतीमूलका इयान बरेल विश्व रम उद्योगमा विशेषज्ञतासहित तीन दशकभन्दा बढी अनुभवका साथ विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउने सर्वसम्मानित ‘एडु टेनर’ भएको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार आगामी जुन ३ र ४ मा आयोजना हुने यो कार्यक्रमले ग्लोबल रम एम्बेसडरमार्फत नेपाली रम उद्योगकै सर्वप्रिय रोजाइ खुकुरी रम र यसको विशुद्ध नेपाली स्वाद प्रस्तुत गर्दै विश्वसामु नेपाली उत्पादन र शिल्प प्रवर्द्धन गर्ने छ।

इयान बरेलले आफ्नो मिक्सोलोजी, रम उत्पादन, रम उद्योगका पछिल्ला प्रवृत्तिहरूमा आफ्नो अनुभवबाट ज्ञानबर्द्धक कुराहरू मास्टर क्लासमार्फत प्रस्तुत गर्नेछन्। प्रशिक्षात्मक कार्यक्रममा सहभागी हुनेहरूले रम टेस्टिङ, नेटवर्किङलगायतको अनुभव लिन सक्नेछन्। 

यो कार्यक्रम, नेपाली रम पारखी तथा विशेषत: बारटेन्डरहरूलाई अन्तर्राष्ट्रिय उद्योगकोबारेमा जानकारी लिने, सीप अभिवृद्धि गर्ने र नेटवर्क बनाउने सही अवसर भएको कम्पनीको दाबी छ। 

खुकुरी रमको उत्पादक द नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले नेपालमै यस किसिमको पहिलो कार्यक्रमको लागि ग्लोबल रम एम्बेसेडर इयान बरेलसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

जेठ १७, २०८१ बिहीबार १८:०५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।