सुरक्षा संगठनका सदस्यको उमेरहदको अध्ययन गर्न कार्यदल गठन

सुरक्षा संगठनका सदस्यको उमेरहदको अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ : गृह मन्त्रालय अन्तर्गतको दुई सुरक्षा सङ्गठन नेपाल प्रहरी र सशस्त्र प्रहरीभित्र अवकाश र पेन्सनको उमेर हद फेरबदल गर्न माग उठिरहेको बेलामा मन्त्रालयले अध्ययनको कार्यदल गठन गरेको छ। 

उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णय गरेर गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा बिहीबार सात सदस्यीय कार्यदल गठन भएको हो।

सो कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका डिआइजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरेलाई सदस्य तोकिएको छ।

समितिलाई मौजुदा ऐन, नियममा रहेको उमेर हदको अवस्था, अन्य मुलुकका अभ्यासहरूसमेतको अध्ययन गरेर एक महिनाभित्र सुझावसहित प्रतिवेदन पेस गर्ने कार्यादेश तोकिएको छ। 

जेठ १७, २०८१ बिहीबार १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।