एनसेलको ७० प्रतिशतसम्म घटायो अन्तर्राष्ट्रिय डेटा रोमिङको मूल्य

एनसेलको ७० प्रतिशतसम्म घटायो अन्तर्राष्ट्रिय डेटा रोमिङको मूल्य

काठमाडौं : एनसेलले ग्राहकका लागि सुलभ दरमा रोमिङ प्याक सेवा सुरू गरेको छ।

आम मानिसलाई मोबाइल डेटामार्फत सधैं अन अर्थात अनलाइन राख्ने आफ्नो प्रतिवद्धता बमोजिम एनसेलले आफ्नो रोमिङ डेटा शुल्क घटाउँदै शुल्क परिमार्जन गरेको हो।

एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्याण्ड रहेका छन्। परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागू भएको हो।

यो डेटा रोमिङ प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरू पाइन्छ र जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु पर्दैन।

डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले कर सहित दैनिक मात्र ७९.८८ रुपैयाँमा अमेरिका, युएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्छन्। यो शुल्क यसअघि दैनिक १९०.१८ रुपैयाँ थियो।


त्यस्तैगरी चीन, बेलायत र थाइल्याण्ड भ्रमणमा जाने एनसेलका ग्राहकहरुले कर सहित मात्र १९०.१८ रुपैयाँमा प्रति दिन डेटा सेवाको फाइदा लिन सक्छन्। परिमार्जन अघि यी गन्तव्यहरुमा दैनिक डेटा रोमिङको शुल्क ६३३.९३ रुपैयाँ रहेको थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ।

ग्राहकले *१७१२९*२# डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सुचारु गर्न सक्छन्। प्रिपेड ग्राहकले *१२३# डायल गरी यो प्याक सजिलै लिन सक्छन्।

जेठ १७, २०८१ बिहीबार १३:५५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।