भीमफेदीमा कार दुर्घटना हुँदा बाबु-छोरीसहित तीन जनाको मृत्यु, दुई जना घाइते

भीमफेदीमा कार दुर्घटना हुँदा बाबु-छोरीसहित तीन जनाको मृत्यु, दुई जना घाइते

हेटौंडा : मकवानपुरको भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार दुर्घटना हुँदा तीन महिने शिशुसहित तीन जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो साढे चार बजे कार आफैँ अनियन्त्रित भई भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित सडकबाट अन्दाजी २५० मिटर तल खोल्सामा खसेको थियो। कारमा पाँच जना सवार थिए। जसमध्ये दुई जना घाइते भएका छन्।

दुर्घटनामा मकवानपुरको मनहरी मनहरी गाउँपालिका-८ बेलुवाका २६ वर्षीय अर्जुन नेपाली, उनकी तीन महिने छोरी अर्जिता भित्रीकोटी र कार चालक काठमाडौंको चन्द्रागिरी-१ दहचोकका अन्दाजी ६० वर्षीय सानु परियार रहेका छन्।

उक्त घटनामा मकवानपुर मनहरी गाउँपालिका-८ बेलुवा बस्ने २३ वर्षीया सरिता परियारको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। सरिता मृतक अर्जुनकी श्रीमती हुन्।

चितवन राप्ती नगरपालिका-१ लोथर बस्ने ३५ वर्षीया सानोकान्छी तामाङको पनि दुर्घटनामा परेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। घाइते दुवैको सहकारी अस्पतालमा उपचार भइरहेको छ।

जेठ १७, २०८१ बिहीबार ११:३३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।