सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, दुई जना घाइते

सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, दुई जना घाइते

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ को रातानाङ्ला टाकुरीमोडमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य दुई जना घाइते भेटिएका छन्। घाइतेहरूमा कालिकोटको शुभकालिका गाउँपालिका-३ का अन्दाजी २८/२९ वर्षका नरी कामी र खाडाच्कर नगरपालिका-९ पाखाका नरेन्द्र विष्ट छन्।

उनीहरूलाई उपचारका लागि विरेन्द्रनगरस्थित प्रादेशिक अस्पताल लगिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो बिहीबार बिहान २ बजेतिर दुर्घटनामा परेको हो।

घटनामा मृतक र सवार यात्रुका बारेमा विस्तृत विवरण आउन बाँकी छ।

जेठ १७, २०८१ बिहीबार ०७:४१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।