तीन डीआईजीको सरुवा

तीन डीआईजीको सरुवा

काठमाडौं : सरकारले नेपाल प्रहरीका तीन नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ।

गृहमन्त्रीस्तरीय निर्णयबाट बुधबार डीआईजीहरूको सरुवा गरिएको हो। रामदत्त जोशी, लालमणि आचार्य र अर्जुनचन्द ठकुरीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रधान कार्यालय विशेष ब्यूरो नक्सालमा रहेका जोशीलाई प्रधान कार्यालयमै रहेको प्रदेश समन्वय विभिाग नक्सालमा सरुवा गरिएको छ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा काजमा खटाउने पनि भनिएको छ।

यस्तै आचार्यलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट साइबर ब्यूरो भोटाहिटीमा तानिएको छ। उनलाई नेपाल प्रहरी शिक्षालय भरतपुरमा काजमा खटाउने समेत भनिएको छ।

अर्जुन चन्द ठकुरीलाई साइबर ब्यूरोबाट कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा गरेको प्रधान कार्यालयले जनाएको छ।

जेठ १७, २०८१ बिहीबार ०७:१९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।