स्विच अन रिटेलले खोल्यो न्युरोडमा चौथो शोरुम
काठमाडौं : स्विच अन रिटेलले काठमाडौंको न्युरोडमा चौथो शोरुम खोलेको छ।
मोबाइल फोन र घरायसी इलेक्ट्रोनिक्सहरूको मल्टिब्रान्ड स्टोर स्विच अन रिटेल प्रालिले आफ्नो चौथो आउटलेट रणमुक्तेश्वर, न्युरोड, काठमाडौंमा खोलेको हो। स्विच अन रिटेलकी प्रबन्ध निर्देशक सीमा गोल्छाले स्टोरको उद्घाटन गरेकी हुन्।
विगत ६ वर्षदेखि ग्राहकको बलियो विश्वास र मायाले कम्पनीलाई यो आर्थिक वर्षभित्र तीनवटा नयाँ शोरुम खोल्न प्रेरित गरेको छ। न्युरोड आउटलेटले ग्राहकहरूलाई किस्ताबन्दी र एक्सचेन्ज सुविधा उपलब्ध गराउने जनाएको छ।
उक्त समारोहमा गोल्छाले भनिन्, 'ग्राहकहरूसँग नजिकको सम्बन्ध कायम राख्ने आकांक्षामा सामान उचित मूल्यमा उपलब्ध गराउने मात्र नभई सहज तरिकाले गुणस्तरीय सामान खरिद गर्न विभिन्न योजनाहरू उपलब्ध गराउनेछ।'
स्टोरले किस्ता योजना अन्तर्गत शून्य प्रतिशत ब्याज दरमा न्यूनतम् प्रक्रिया पुरा गरेर सामान उपलब्ध गराउने बताइएको छ।
जेठ १६, २०८१ बुधबार १८:५७:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।