मिति नाघेका औषधि बेचेपछि काठमाडौँ महानगरले बिपि कोइराला लायन्स नेत्र केन्द्रका फार्मेसीमा ताला लगायो

मिति नाघेका औषधि बेचेपछि काठमाडौँ महानगरले बिपि कोइराला लायन्स नेत्र केन्द्रका फार्मेसीमा ताला लगायो

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले पानोर्मा मेडिकल हल र पन्चजन्य फार्मेसी बन्द गरेको छ। 

बुधबार ती औषधि पसलले मिति नाघेका औषधि बेचेको पाइएपछि कामनपाले ताला लगाएर बन्द गरेको हो। 

महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार महाराजगन्जका एक सेवाग्राहीले आजै ती फार्मेसीको बारेमा कामपा कार्यालयमा गएर उजुरी गरेपछि फार्मेसीलाई बन्द गरिएको हो। 

यता, शिक्षण अस्पतालका प्रशासन प्रमुख कुबेर केसीले उक्त फार्मेसी त्रिवि शिक्षण अस्पतालको नभई बिपि कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको भाडामा लगाएको फार्मेसी भएको बताए। केन्द्रले यी भाडामा लगाएको औषधि पसल भएको पुष्टि गरेको छ। 

जेठ १६, २०८१ बुधबार १८:२६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।