मधेस प्रदेशमा सरकार बनाउन देउवाको पहल, एकीकृत समाजवादीसहित तीन दलसँग छलफल

मधेस प्रदेशमा सरकार बनाउन देउवाको पहल, एकीकृत समाजवादीसहित तीन दलसँग छलफल

काठमाडौँ : मधेस प्रदेशमा सरकार निर्माणको पहल सुरु गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादीका शीर्ष नेताहरूलाई बुढानीलकण्ठको निवासमा बोलाएका छन्।

मधेस प्रदेश सरकारलाई दिएको समर्थन एमाले, माओवादी केन्द्रले फिर्ता लिएसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ। एकीकृत समाजवादीले साथ दिएमा मधेस प्रदेशमा सत्ता पक्षलाई सरकार गठनबाट रोक्न सकिने भएकाले देउवाले पहल सुरु गरेका हुन्।

१०७ सदस्यीय मधेस प्रदेशसभामा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरेर ५६ सांसद छन्। अहिले मधेस प्रदेशमा जनता समाजवादी पार्टीको नेतृत्वमा सरोज यादव मुख्यमन्त्री छन्। जनमत पार्टीले सत्तापक्षबाट मधेसमा सरकार बनाउन पहल गरिरहेको छ। एकीकृत समाजवादी समेत केन्द्रमा सत्ताधारी रहेकाले देउवाको प्रयास सफल हुने सम्भावना भने कम छ।

जेठ १६, २०८१ बुधबार १७:२७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।