‘पुजार सार्की’पछि ‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना
काठमाडौं : सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन्। उनको पछिल्लो फिल्म 'पुजार सार्की' अहिले प्रदर्शनरत छ।
यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत, मुकुन भुषाल, विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भइसकेका छन्।
फिल्मका निर्माता विनोद पौडेलका अनुसार फिल्म जेठ २१ गतेबाट छायांकनमा जानेछ। सरोज पौडेलको लेखन तथा निर्देशक रहने फिल्मले मौलिक कथालाई उठान गर्ने निर्माण पक्षको दाबी छ।
फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन्। महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त शिवाकोटीको संगीत रहने छ।
फिल्म आगामी वर्ष रिलिज हुनेछ।
जेठ १६, २०८१ बुधबार १५:२९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।