आलु, प्याज र स्याउमा कर लगाइएको र हटाइएकोबारे यस्तो छ अर्थ मन्त्रालयको स्पष्टीकरण

आलु, प्याज र स्याउमा कर लगाइएको र हटाइएकोबारे यस्तो छ अर्थ मन्त्रालयको स्पष्टीकरण
राजश्व सचिव डा. रामप्रसाद घिमिरे

काठमाडौं : अर्थ मन्त्रालयले आलु, प्याज र स्याउमा कर लगाइएको र हटाइएको बारे स्पष्टीकरण दिएको छ।

आगामी आर्थिक वर्षको बजेटपछि अर्थ मन्त्रालयल आयोजित पत्रकार सम्मेलनमा राजश्व सचिव डा. रामप्रसाद घिमिरेले त्यसबारे स्पष्टीकरण दिएका हुन्।

‘आलु, प्याज र स्याउमा कर लगाइएको विषय स्वदेशी उत्पादनलाई संरक्षण गर्ने उदेश्यले नै हो,’ उनले भने, ‘तर, स्पष्ट रुपमा भन्नुपर्दा त्यसको कार्यान्वयन राम्रो तरिकाले हुन सकेन।’

यसका साथै विश्व बैंक लगायतका अन्तर्राष्ट्रिय निकायहरूसँगको छलफलमा यसबारेमा कुरा उठेपछि त्यसलाई सम्बोधन गरिएको उनको भनाइ छ।

उनले थपे, ‘विश्व बैंकहरुसँग पनि हामीले विभिन्न चरणमा छलफल गरेका थियौं। फुड बास्केटको कारण गरिबीलाई झन् तल लैजाने हो कि भन्नेबारे पनि कुरा भाको थियो। हामीले एकदमै डिटेलमा अध्ययन गर्यौं। यसको प्रत्यक्ष असर चाहिँ तल्लो वर्गमा पर्ने देख्यौं।’

जेठ १६, २०८१ बुधबार १४:२६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।