१० वर्षमा नेपालले ३० अर्बको आईटी उत्पादन निर्यात गर्ने अर्थमन्त्रीको दाबी

१० वर्षमा नेपालले ३० अर्बको आईटी उत्पादन निर्यात गर्ने अर्थमन्त्रीको दाबी

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्षमा नेपालले ३० खर्बको आईटी उत्पादन निर्यात गर्ने दाबी गरेका छन्।

मंगलबार संसद्को संयुक्त बैठकमा पेश गरेको बजेटबारे स्पष्टीकरण र जानकारी दिन अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले यस्तो बताएका हुन्।

‘आईटी क्षेत्रमा राम्रो प्रतिस्पर्धी बन्न सक्ने सम्भव देखेकाले १० वर्षमा ३० खर्ब बराबरको उत्पादन निर्यात गर्नसक्ने हाम्रो दाबी छ,’ उनले भने, ‘हेर्दा महत्वकांक्षी जस्तो देखिए पनि यो सम्भव छ।’

काठमाडौं लगायतका केही स्थानमा ज्ञान पार्क र वर्क स्टेशनको रूपमा विकास गर्न तयारी गरेर कार्यक्रम घोषणा गरिएको उनले बताए।

बुटवलमा भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र वरपर र सातै प्रदेशमा पनि निश्चित स्थानको व्यवस्था गरेर विजुली, इन्टरनेट र सुरक्षाको अवस्था राज्यले गर्ने उनको प्रतिबद्धता छ।

जेठ १६, २०८१ बुधबार १३:४३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।