व्यवसायी र उद्यमीलाई आशा जगाउने गरी बजेट आएको छ : अर्थमन्त्री पुन

व्यवसायी र उद्यमीलाई आशा जगाउने गरी बजेट आएको छ : अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले व्यवसायी र उद्यमीलाई आशा जगाउने गरी बजेट ल्याइएको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट भाषणपछि बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन्।

सबै क्षेत्रमा निजी क्षेत्रलाई साथमै लिएर जाने अवधारणाअनुसार सरकार लागेको उनले बताए।

सबै कुरा राज्यले एक्लैले नसक्ने भन्दै तीव्र गतिमा विकास गर्नका लागि निजी क्षेत्र सहभागी हुन आवश्यक रहेको बताए।

प्रदेशहरूको बीचमा आर्थिक क्षेत्रमा प्रतिस्पर्धा होस् भन्ने आफूले चाहेको उनले बताए। बागमतीलाई आईटी हब, कोशी प्रदेशलाई औद्योगिक हबको रुपमा विकास गर्न सरकारले योजना बनाएको उनको भनाइ छ।

यस्तै, गण्डकी प्रदेशलाई पर्यटकीय हब, लुम्बिनीलाई साना तथा मझौता उद्योगको हब र कर्णालीमा जडिबुटी उत्पादन, संकलन र प्रशोधन गर्ने केन्द्रको रुपमा विकास गर्न सकिने उनले बताए।

त्यसैगरी स्थानीय तहमा रोजगारीको अवसर सिर्जना गर्न विभिन्न कार्यहरू सञ्चालन गर्नुपर्नेमा उनको जोड छ। स्थानीय तहहरू खर्च गर्ने स्थान मात्र नबनोस् भनेर आफूहरूले योजना बनाएको उनले बताए।

जेठ १६, २०८१ बुधबार १३:३३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।