जमानत बढाउन दिल्लीका मुख्यमन्त्रीको निवेदन, सर्वोच्चद्वारा सुनुवाइ गर्न अस्वीकार

जमानत बढाउन दिल्लीका मुख्यमन्त्रीको निवेदन, सर्वोच्चद्वारा सुनुवाइ गर्न अस्वीकार

एजेन्सी : भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानत बढाउन माग गरेको निवेदनमाथि सुनुवाइ गर्न अस्वीकार गरेको छ।

गिरफ्तारीलाई चुनौती दिने निवेदनमाथिको फैसला यसअघि नै भइसकेको कानूनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लले जनाएको छ।

केजरीवाल दिल्लीको खारेज गरिएको रक्सी नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा अन्तरिम जमानतमा छुटेका छन्। उनको जमानत जुन १ मा सकिँदैछ।

अरविन्द केजरीवालले लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

१० मे मा सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर उनी तिहाड जेलबाट बाहिरिएका थिए। उनलाई प्रवर्तन निर्देशनालयले मार्च २१ मा पक्राउ गरेको थियो।

जेठ १६, २०८१ बुधबार १२:४८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।