तराईमा ह्वात्तै गर्मी बढेपछि मौसम विभागले निकाल्यो विशेष बुलेटिन

तराईमा ह्वात्तै गर्मी बढेपछि मौसम विभागले निकाल्यो विशेष बुलेटिन

काठमाडौं : तराईमा ह्वात्तै गर्मी बढेपछि मौसम विभागले विशेष बुलेटिन निकालेको छ।

विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनअनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा दुई दिनसम्म उच्च तापक्रम रहनेछ।

शुक्रबारसम्म उच्च तापक्रमसहित तातो हावा चल्ने हुँदा सावधानी अपनाउन महाशाखाको आग्रह छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दामाथि मापन गरिएको छ।

तातो हावाको लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने र बान्ता आउने आदि हुनसक्ने भन्दै बच्न महाशाखाले सुझाव दिएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति पनि यी स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

जेठ १६, २०८१ बुधबार ०९:०९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।