गृहमन्त्रीलाई निलम्बनको गर्न माग गरिएको रिटको पेशी आज

गृहमन्त्रीलाई निलम्बनको गर्न माग गरिएको रिटको पेशी आज

काठमाडौं : गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी आज चढ्दैछ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा लामिछानेलाई निलम्बन गर्नुपर्ने लगायतको माग छ।

पहिले अदालत प्रशासनले दरपीठ गरेको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएपछि सोमबार दर्ता भएको थियो।

भट्टराईको रिटमा गृहमन्त्री लामिछानेसहित महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ।

लामिछानेमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको माग रिटमा गरिएको छ।

लामिछाने पदमा रहिरहँदा छानबिनमा स्वार्थ बाझिने जिकिर रिटमा गरिएको छ।

रिटमा लामिछानेले विभिन्न सहकारीका बचतकर्ताको रकम गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको आरोप लगाइएको छ।

सहकारीमा भएको हिनामिनाबारे छानबिन गर्न मंगलबार संसदीय समिति समेत बनिसकेको छ।

जेठ १६, २०८१ बुधबार ०८:३७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।