मदिरा प्रतिबोतल ६० रुपैयाँसम्म बढ्यो

मदिरा प्रतिबोतल ६० रुपैयाँसम्म बढ्यो

काठमाडौँ : आगामी आर्थिक वर्षको लागि बियरको प्रतिलिटर अन्तःशुल्क ३५ रहेकोमा १० रुपैयाँले बढेर ४५ पुगेको छ। मदिराहरूमा सरकारले मात्रा अनुसारको कर निर्धारण गरेको छ। १७ प्रतिशत अल्कोहल रहेकोमा १९ रुपैयाँ अन्तःशुल्क बढाएको छ।

त्यस्तै, ४८ प्रतिशत भन्दा बढी अल्कोहलयुक्त मदिरामा प्रतिलिटर ६० रुपैयाँले कर बढेको छ। आगामी आर्थिक वर्षको लागि सुर्तीजन्य पदार्थमा पनि कर बढेको छ। चुरोटको अन्तःशुल्क १ रुपैयाँले बढेको छ। भने, सुर्तीको प्रतिकिलो मूल्य १ सय ३० नै कायम भएको छ।

७० मिमिसम्मको चुरोटमा ५० रुपैयाँ बढेको छ। योसँगै सुर्ती सिगार तथा सुर्तीजन्य वस्तुको अन्तःशुल्क कर बढाएको हो। 

जेठ १५, २०८१ मंगलबार २२:३१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।