सरकारले विद्युतीय गाडीमा कर बढायो

सरकारले विद्युतीय गाडीमा कर बढायो

काठमाडौँ : विद्युतीय गाडीको प्रयोगमा प्रोत्साहन गर्ने दाबी गर्दै आएको सरकारले आगामी आर्थिक वर्षबाट विद्युतीय गाडीमा कर बढाएको छ।

मङ्गलवार अर्थमन्त्री बर्षमान पुनले बजेट प्रस्तुत गर्दै विद्युतीय गाडीमा किलोवाट अनुसारको कर बढाउने घोषणा गरेका हुन्।

३ सय १ किलोवाट क्षमता भएको विद्युतीय गाडीको ८० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तःशुल्क लाग्ने छ र २ सय १ किलोवाटदेखि ३ सय सम्ममा ६० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क बढाएको छ।

२ सय १ किलोवाट देखी ३ सय किलोवाटसम्मको ३० प्रतिशत भन्सार, २० प्रतिशत अन्तःशुल्कमा कर बढाएको छ। १०१ किलोवाटदेखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क बढेको छ।

५१ किलोवाटदेखि सय किलोवाटसम्मका गाडीका २० प्रतिशत भन्सार लाग्ने भएको छ भने, अन्तःशुल्क १५ प्रतिशत छ। ५० किलोवाटसम्मका गाडीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लगाएको छ।

जेठ १५, २०८१ मंगलबार २२:२५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।