सुमन कार्की इसेवासँग ब्रान्ड एन्डोर्सरको रूपमा आबद्ध
काठमाडौँ : इसेवाले कलाकार सुमन कार्कीसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर गरेको छ। मंगलबार इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र कलाकार कार्कीबीच सम्झौतामा हस्ताक्षर भएको थियो।
यस साझेदारीको बारेमा बोल्दै इसेवाका चिफ बिजनेस अफिसर गौतम इसेवाको आगामी दिनहरूमा हुने प्रचारप्रसारको क्रममा कार्कीको महत्वपूर्ण भूमिका हुने बताए।
रियालिटी शो कमेडी च्याम्पियनबाट हास्य कला क्षेत्रमा प्रवेश गरेका कार्की नेपाली हास्य व्यंग्य क्षेत्रमा छोटो समयमै लोकप्रियता पाउने कलाकार हुन्।
इसेवा र कार्की बीचको यस साझेदारीले ब्रान्डको प्रचारप्रसार सँगै दर्शक र ग्राहकहरूले रमाइलो शैलीको प्रस्तुत सामग्रीहरू पनि देख्न पाउने कम्पनीले जनाएको छ।
जेठ १५, २०८१ मंगलबार २१:४१:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।